संविधान संशोधन विधेयक संसदमा पेश 

काठमाडौं । संविधानको निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश भएको छ।

कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले आइतबारको प्रतिनिधि सभा बैठकमा विधेयक पेस गरेकी हुन्। संशोधन विधेयकमा कुनैपनि विरोधको सूचना परेको थिएन। विरोध सूचना नभएको जानकराी गराउँदै सभामुख अग्नि सापकोटाले कानुन मन्त्री तुम्बाहाङ्फेलाई विधेयक पेश गर्न अनुमति दिएका थिएका हुन् ।

Advertisement

विधेयक प्रतिनिधि सभामा पेश भएसँगै अब सार्वजनिक जानकारीका लागि राजपत्रमा प्रकाशित हुनेछ । सरकारले गत जेठ ७ गते कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

लगत्तै सरकारले जेठ १४ गते नेपालको निशान छाप परिवर्तन गर्ने संशोधन प्रस्ताव प्रतिनिधि सभामा दर्ता गराएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ। सत्तापक्ष र प्रतिपक्षी एक ठाउँमा उभिएकाले विधेयक पारित हुने निश्चित देखिन्छ।

More News last news
Loading...