काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या वढ्ने क्रम वढिरहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
आइतबार (आज) विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५६७ पुगेको छ ।
देवकोटाका अनुसार तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।
संक्रमितमा १६२ जना पुरुष र ४ जना महिला छन् ।
नेपालमा कोरोनाबाट ८ जनाले ज्यान गुमाईसकेका छन् भने अहिलेसम्म २२० जना सफल उपचारपश्चात अस्पतालबाट घर फर्किएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
