काठमाडौं । दैलेखको दुल्लु नगरपालिका वडा नं. ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ ।
उनमा कोरोना भाइरससँग सम्बन्धित लक्ष्यण नदेखिएपनि उनको स्वाब परीक्षणमा पोजेटिभ देखिएको प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत जेठ ९ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । मृत्यु भएका व्यक्ति दुल्लु नगरपालिका वडा न ११ निवासी हुन् ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
