काठमाडौं । नेपालमा जेठ ३२ गतेसम्म लकडाउन थपिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि थपिएको लकडाउनको समयावधि आगामी जेठ २० गतेबाट सकिँदैछ । बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत समेत गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
