काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप १८९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १४०१ पुगेको छ। मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर एकमा १६०, दुईका ५४७, वाग्मतीमा ४५, गण्डकीमा २० जना, कर्णालीमा २० जना र सुदुरपश्चिम प्रदेशमा २१ जना संक्रमित रहेका छन् ।
यसैगरी संक्रमितहरु बिभिन्न ५३ जिल्लाका रहेका छन् । संक्रमितमध्ये आज माात्र १३ जना उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । यो सँगै कोरोनाको उपचार पश्चात घर फर्कनेको संख्या २१९ पुगेको छ ।
भने ६ जनाको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
