दैलेखको क्वारेन्टिनमा एकजनाको मृत्यु

काठमाडौं । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका एक जनाको मृत्यु भएको छ।

दुल्लु नगरपालिका–११ का ३५ वर्षीय उनको दुल्लु नगरपालिका–७ मा रहेको क्वारेन्टिनमा मृत्यु भएको हो। दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीका अनुसार शनिबार बिहान चिया खाइसकेपछि हिँड्दै गर्दा उनको मृत्यु भएको हो।

Advertisement

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरज पन्तका अनुसार उनको स्वाब संकलन गरी जुम्ला पठाइसकिएको छ।

तीन दिनअघि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको हो। आजै उनको पिसिआर नतिजा आइसक्ने बताईएको छ ।

More News last news
Loading...