काठमाडौं । नेपाल दलित विद्यार्थी संघले रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ मा घटेको घट्नाको सरकारले गम्भिर रुपमा लिनुपर्ने र दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले यस्तो माग गरेको हो । उक्त घट्नालाई कुनैपनि हालतमा तोडमोड गर्न नहुने संघको भनाई छ । संघले घटनामा राजनीतिकरण नगर्न पनि चेतावनी दिएको छ । कार्यक्रममा बोल्दै राष्ट्रिय दलित आयोगका पूर्व कार्यवाहक अध्यक्ष, नेविसंघका पूर्व केन्द्रिय सदस्य तथा दलित विद्यार्थी संघका पनि पूर्व अध्यक्ष मञ्जित ताम्राकारले २१ औं शताब्दीमा यस्तो घट्ना घट्नु भनेको निन्दनीय भएको बताए ।
आफूहरु लकडाउन उल्लंघन गरेर भएपनि रुकुम घट्नामा संलग्न दोषीलाई कारबाहीको लागि सडकमा उत्रिएको ताम्राकारले स्पष्ट पारे । उनले भने,‘यो घट्ना दलित समूदायमाथि मात्रै भएको घट्ना होईन । जनार्दन शर्माको निर्देशनमा यो घट्ना भएको हो । संसदमा उहाँ बोल्दै गर्दा पीडक बचाउने किसिमको उनको भनाई थियो ।’ नवराज बिकलगायत युवाहरुलाई गाउँमा हत्या गरेर भेरी नदीमा बगाईएको उनको आरोप छ ।
कार्यक्रममा नेविसंघका महामन्त्री युवराज पाण्डेले उक्त घट्नाको विरुद्धमा सिंगो मानवता पक्षधर विश्व समूदाय एक ठाउँमा उभिएको सुनाउँदै आफ्नो संगठनको एक्येबद्धतामात्रै नभई पूर्ण साथ रहेको स्पष्ट पारे । उनले भने,‘रुकुमपश्चिममा जुन नरसंहार भएको छ । यसले स्तब्ध बनाएको छ । यो मानवताविरोधी अत्यन्तै पाश्विक घट्ना भयो। अन्तरजातीय प्रेमसम्बन्धलाई विषय बनाएर युवाहरुको क्रुर हत्या गरियो, यो निन्दनीय छ ।
मानवता पक्षधर, लोकतन्त्रको पक्षधर हामी यो घट्नाको विरोधमा छौं ।’ उनले वर्तमान सरकार र सत्तारुढ दल नेकपाले घट्नालाई राजनीतिकरण गर्न खोजेको पनि गम्भिर आरोप लगाए । नेपाल दलित विद्यार्थी संघका अध्यक्ष कमल विश्वकर्माले गृहमन्त्री रामबहादुर थापा बादलले तत्काल राजीनामा दिनुपर्ने माग गरे ।
उनले घट्नाको सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने र त्यसमा दलित आयोग र दलित समूदायका साथीहरुलाई पनि राखिनुपर्ने धारणा राखे । उनले भने,‘गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ । मुलुकमा यति धेरै जघन्य अपराधका घट्ना घटिरहेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
