स्याङ्जाका ११ स्थानिय तहलाई ३ अर्ब ९४ करोड २२ लाख बजेट बिनियोजन 

कुमार हिताँगा/स्याङ्जा । सरकारले आउँदो वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।

अन्तर सरकार वित्त हस्तान्तरण अन्तर्गत सरकारले देशभरका कुल ७ सय ५३ वटा स्थानीय सरकारलाई ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ दिने भएको हो । गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्लामा ५ नगरपालिका र ६ गाँउपालिका गरि ११ स्थानिय तह भएको जिल्लालाई ३ अर्ब ९४ करोड २२ लाख बजेट छुट्याईएको छ ।

Advertisement

नगरपालिका मध्य स्मार्ट नगरपालिकाको रुपमा विकास भएको वालिङ नगरपालिकाले सबैभन्दा धेरै ५७ करोड १६ लाख र गाँउपालिका मध्य कालिगण्डकी गाँउपालिकाले ३२ करोड ६७ लाख रुपैया बजेट पाउने भएका छन् ।

नगरपालिका तर्फ वालिङ नगरपालिकाले ५७ करोड १६ लाख , पुतलीबजार नगरपालिकाले ५० करोड ४५ लाख, गल्याङ नगरपालिकाले ४९ करोड ७० लाख, चापाकोट नगरपालिकाले ३७ करोड ९८ लाख र भिरकोट नगरपालिकाले ३५ करोड २३ लाख  पाउने भएका छन् ।

गाँउपालिका तर्फ कालिगण्डकी गाँउपालिकाले ३२ करोड ३७ लाख, आँधिखोला गाँउपालिकाले ३१ करोड ४ लाख, विरुवा गाँउपालिकाले २८ करोड ४५ लाख, अर्जुनचौपारी गाँउपालिकाले २४ करोड ४८ लाख, फेदिखोला गाँउपालिकाले २४ करोड ३४ लाख र हरिनास गाँउपालिकाले २२ करोड ७२ लाख पाँउने भएका छन् ।

More News last news
Loading...