आज एकैदिन १७० मा कोरोना पुष्टि, एक हजार २ सय १२ पुगे संक्रमित

काठमाडौं । नेपालमा आज एकैदिन एक सय ७० जना कोरोनाका संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक सय ६५ जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

आज सङ्क्रमण पुष्टि भएकामध्ये सबैभन्दा धेरै रौतहटका रहेका छन् । आज रौतहटका ५६ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै कपिलवस्तुका ५१, झापाका २८, बाँकेका १०, पर्साका पाँच, सर्हालीका पाँच, सप्तरीका चार, बाराका चार, दाङका दुई, रुपन्देहीका एक र म्याग्दीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज एक सय ७० जना थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १२ पुगेको छ । सङ्क्रमितमध्ये दुई सय ६ जना निको भएका छन् भने ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...