नेपालमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो, एकैदिन १५६ जनामा पुष्टि

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ ।

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी १४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या ब्यापक वढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको अनुमान गरिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन् भने १७८ जना उपचारपछि घर फर्केका छन् ।

More News last news
Loading...