काठमाडौं । चर्चित पत्रकार अजयबाबु शिवाकोटीलाई यस बर्षको लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।
हाम्रा कुरा डटकमका प्रधानसम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीलाई यो पुरस्कार दिने निर्णय गरेको हो । शिवाकोटीले तत्कालिन सभामुख कृष्णबहादुर महरा र तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटाको घुस प्रकरण सार्वजनिक गरेका थिए ।
तेज तिर्थ ट्रष्टले प्रदान गर्ने यस पुस्कार यसैगरी एक लाख राशीको यो पुरस्कार शिवाकोटीसँगै अर्की बरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न लागिएको ट्रष्टले जनाएको छ । दुई जनालाई संयुक्त रुपमा प्रदान गरिने भएकाले दुवै जनालाई जनही पचास हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने छनौट समितिले जनाएको छ ।
वरिष्ठ पत्रकार आचार्य राष्ट्रिय समाचार समिति (रासस) को तत्कालिन पहिलो महिला महाप्रवन्धक समेत हुन् भने शिवाकोटीले चर्चित समाचारहरुका कारण साहसीक पत्रकारिता पुरस्कार, काननुन पत्रकारिता पुरस्कार लगायतबाट सम्मानीत भईसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
