कञ्चनपुर । कञ्चनपुरमा क्वरेन्टीन व्यवस्थापनमा खटिएका एक वडाध्यक्षको मृत्यु भएको छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा रहेको राष्ट्रिय माविमा क्वरेन्टीन व्यवस्थापनमा जुटेका बेला एक्कासी बेहोस भएपछि कृष्णपुर नगरपालिका-७ का वडाध्यक्ष कल्लु रानाको घटनास्थलमै मृत्यु भएको हो ।
क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहेकाले मृतकको कोरोना परीक्षण गर्न स्वाब झिकिएको अस्पतालले जनाएको छ।
उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । रानाको शव अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
उनी नेपाली काँग्रेसबाट वडा अध्यक्षमा बिजयी भएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
