काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकाल क्वारेन्टाइनमा बसेका छन् ।
त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी कोरोना संक्रमित श्रीमतीलाई भेट्न मन्त्री अस्पताल पुगेपछि मन्त्री ढकाल क्वारेन्टाइनमा बसेका हुन् ।
मन्त्री ढकालले कोरोना परीक्षण गर्न स्वाब संकलन गराएका छन् । कोरोनाको रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा रहने भएका छन् ।
पूर्वसांसदकी श्रीमतीलाई भेट्न अन्य केही सांसदहरु अस्पताल पुगेको भनिएपनि यसको पुष्टि भने हुन सकेको छैन ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
