सांसद बिकास कोष स्वास्थ्य समस्यामा खर्च गरौं : सांसद मल्ल

काठमाडौं । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्ले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम (सांसद बिकास कोष) खारेजीको माग गरेका छन् ।

आज गण्डकी प्रदेश सभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका सांसद मल्लले सांसद बिकास कोष बिकास निर्माणका कार्यमा भन्दापनि बिकृतीका रुपमा खर्च भएको भन्दै खारेजीको माग गरेका हुन् ।

Advertisement

यसैगरी उनले उक्त कोष स्वास्थ्य समस्यामा खर्च गर्नुपर्ने धारणा राखे । यसैगरी मल्लले आफ्नो गृह जिल्ला वालिङको क्वारेन्टिनमा रहेका व्यक्तिलाई कोरोना सङ्क्रमण देखिएको बताउँदै उनीहरूको प्रभावकारी उपचार हुनुपर्नेमा जोड दिए ।

सङ्क्रमितको आवश्यकतानुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याएर उपचार गर्न उनले माग थियो ।

More News last news
Loading...