स्याङजा/कुमार वावु हितंगा । गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा दुई जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।
भारतबाट जेठ १० गते आएर वालिङको क्वारेन्टाइनमा बसेका वालिङ नगरपालिका वडा नम्वर ७ का २० र २९ वर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिन्दु शर्माले केहि समय अगाडि पत्रकार सम्मेलन गरि दुवै जनालाई आईसोलेसनमा राख्नको लागि स्याङ्जाको सदरमुकाम जिल्ला अस्पतालमा ल्याइएको जानकारी दिईन् ।
संक्रमितको कनट्याक ट्रेसिङको काम तत्कालै सुरु गरिसकिएको डा. शर्माले बताईन् । वालिङ् क्वारेन्टाइनमा रहेका १० जनाको स्वाव परिक्षणमा २ जनाको पोजेटिभ आएको हो । स्याङ्जामा २ जनामा कोरोना संक्रमण देखिए संगै संक्रमित हुनेको संख्या ६ पुगेको छ ।
यसअघि वाग्लुङ र नवलपुरमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । जसमध्ये वाग्लुङका २ जना कोरोना संक्रमित भने उपचार पछि घर फर्किसकेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
