एकैदिन ९० जना कोरोना संक्रमित थपिए

काठमाडौं । मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलन मार्फत सो जानकारी दिएका हुन् ।

अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा ३५, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा २४, सुर्खेतको प्रयोगशालामा १२, नेपालगञ्जको भेरी अस्पतालको प्रयोगशालामा ८, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा ७, धनगढीको सेती अस्पतालको प्रयोगशाला र पोखराको प्रयोगशालामा दुई–दुई जना गरी थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

Advertisement

योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।

More News last news
Loading...