दलित भन्दै हत्या गर्नेलाई कारवाही गर्न दलित विद्यार्थी संघको माग

काठमाडौं । दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर नेपाली कांग्रेसको नेपाल दलित विद्यार्थी संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष राजु सुनारद्धारा आज जारी प्रेस विज्ञप्तीमा घटनामा संलग्नलाई प्रचलित ऐन अनुसार कारवाही गर्न समेत माग गरिएको छ।

Advertisement

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतोमा शनिबार राती गैरदलित भनिनेले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको हत्या गरेको घटना अत्यन्तै दुःखदायी र निन्दनीय भएको संघको ठहर छ।

सोतोकी सुष्मा मल्लसँग प्रेम गरेका विक मल्लकोमा जाँदा स्थानीयले आक्रमण गरेर हत्या गरेका थिए । २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको संघ अध्यक्ष सुनारले बताए।

घटनामा संलग्नलाई नेपालको मुलकी अपराध संहिता २०७४ र छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन , २०६८ अनुसार हदैसम्म कारवाही गर्नुपर्ने संघले प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ।

संघले पीडितलाई क्षतिपूर्ति सहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि स्थानीय प्रशासनसँग माग गरेको छ।

यसैगरी संघले आफ्नो लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी केही व्यक्तिले सन्देश फैलाइरहेकोमा समेत आपत्ति जनाएको छ।

यसले यस्ता कार्य तत्काल बन्द गर्न सचेत गराएको छ। अझैपनि यस्तो दुरुपयोग नरोकिए कानुनी कारवाही गर्न वाध्य हुने समेत चेतावनी दिएको छ।

More News last news
Loading...