काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी छिटै नहट्न पनि सक्ने भएकाले वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन् ।
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले महामारीलाई नियन्त्रण गर्न प्रारम्भिक दिनका तयारीमा केही अलमलजस्तो देखिएतापनि हालसम्म आइपुग्दा हामीले लिएका कदमहरु सफल भएकोप्रति संकेत गरे ।
सरकारले २ महिनाका शिशुदेखि ८१ बर्षीया बृद्धासम्मलाई निको पार्न सकिनुलाई उपलब्धिका रुपमा लिएको छ । ओलीले निरोगी नेपाल निर्माणको लागि पाँच कार्य गर्न पनि आग्रह गरेका छन् ।
यसैगरी ओलीले रोकिएको एसईई परीक्षाका बिषयमा सम्बन्धित मनत्रलयले छिटै निर्णय गर्ने बताउँदै अनलाइन कक्षालाई अझै प्रभावकारी बनाइने बताए ।
आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुयल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्ष अन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउने उनको भनाइ थियो ।
यसैगरी मुलुक बाहिरबाट नेपाली फर्कने क्रम बढेको उल्लेख गर्दै धेरै देशहरुसँग आफूले कुरा गरेको भन्दै ती देशमा रहेका नेपालीबारे ढुक्क हुन भनेकोले आफू आस्वस्त रहेको उल्लेख गरे ।
यस्तै, कोरोना भाइरस महामारीको जोखिम न्यून गर्दै आवश्यक आर्थिक क्रियाकलापलाई सुचारु गरिने पनि उनले जनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
