काठमाडौं । नेपालमा आज एकैपटक ७२ जना मानिसमा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य कार्यालय काठमाडोँ, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, भेरी अस्पताल नेपालगञ्ज र प्रदेश अस्पताल सुर्खेतमा गरिएको कोरोना परीक्षणमा ७२ जनामा पोजेटिभ देखिएको हो ।
नयाँ संक्रमित पुष्टिहरु धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बर्दिया, बाँके र दैलेखका रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
