कोरोना संक्रमण फैलन नदिन स्याङजामा निषेधाज्ञा जारी

स्याङजा । जिल्ला प्रशासन कार्यालय स्याङजाले निषेधाज्ञा जारी गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै विश्वभरि महामरीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र कोरोना भाइरसको संक्रमण विस्तारलाई रोक्नका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

Advertisement

आइतबार जारी विज्ञप्तिमा संक्रमण फैलन नदिनका लागि औषधी उपचार, खाद्य बस्तु जस्ता अत्यावश्यक काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन र अनुपति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधान बहायेक अरु सवारी साधन प्रयोग नर्गन उल्लेख गरिएको हो ।

जिल्ला सुरक्षा समिति, स्याङजाको २०७७ जेष्ठ ११ गते बसेको बैठकले संक्रमण रोग नियन्त्रण ऐन २०२० को दफा २ (२) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जिल्ला भरी निषेधाज्ञा जारी गरिएको हो ।

अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी रहने र निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कडा कारबाही गरिने बताईएको छ ।

More News last news
Loading...