संविधान संशोधन विधेयक संसदमा दर्ता

काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयलगत्तै अनुसार कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय दर्ता गराएकी हुन् ।

Advertisement

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सरकारले ‘नेपालको संविधानको अनुसूचि ३ मा रहेको नेपालको निशाना छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएकाले’ संविधान संशोधन गर्नुपर्ने कारण देखाएको जनाएको छ ।

सरकारले भारतले अतिक्रमण गरेका नेपाली भू–भाग समेटेर बुधबार नेपालको नयाँ नक्सा पारित गरेको थियो।

More News last news
Loading...