थप २० जनामा कोरोना पुष्टि, ५०७ पुग्यो संक्रमितको संख्या

काठमाडौं । नेपालमा थप २० जना कोरोना भाइरसको संक्रमित थपिएका छन्।

शुक्रबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले डडेल्धुरा, मोरङ, बैतडीका एक एक जना पुरूष र कैलालीका तीन जना र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको जानकारी दिएका हुन्।

Advertisement

संक्रमितहरूको हालको ठेगाना र स्थायी ठेगानाको आधारमा कन्ट्याक्ट ट्रेसिङको काम हुने मन्त्रालयले जनाएको छ।

आज बिहानै ३० जना संक्रमित थपिएका थिए। यो सँगै नेपालमा संक्रमितको संख्या ५०७ पुगेको छ । जसमध्ये ३ जनाले ज्यान गुमाइसकेका छन् भने ७० जना निको भएर घर फर्किसकेका छन् ।

More News last news
Loading...