अभिनेत्री कोइरालाको साथमा चलचित्र निर्देशक सन्तोष लोहनी

काठमाडौं । चलचित्र निर्देशक सन्तोष लोहनीले राष्ट्रियताको पक्षमा कसैसँग पनि सम्झौता नहुने भन्दै अभिनेत्री मनिषा कोइरालाको पक्षमा उभिएका छन् ।

नेपाल भारत सीमा विवादमा नेपालको पक्षमा ट्वीट लेखेको भन्दै भारतीय ट्वीटर प्रयोगकर्तादेखि सञ्चारमाध्यमले अभिनेत्री कोइराला विरुद्ध खनिन थालेपछि नेपालमा संयौं कलाकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले मनिषा कोइरालाको खुलेरै प्रशंसा गर्दै समर्थन गरिहेका छन् ।

Advertisement

यसबीच, चलचित्र निर्देशक लोहनीले पनि उनको समर्थन गर्दै भारतीय मिडियाले कोइरालाप्रति गरेको तुच्छ र तल्लो स्तरका शब्दप्रति आपत्ती समेत प्रकट गरेका छन् । उनले भने, ‘नेपालको भूमीमा जन्म लिएकी कोइरालाले, आफ्नो राष्ट्रियताको पक्षमा बोल्दा त्यति तुच्छ शब्दहरुको प्रयोग गर्नु कदापी राम्रो होईन् । ’

उनले कोइरालाई आफ्नो समर्थन रहेको बताउँदै भारतले कोइरालाई सित्तैमा भारतले खान बस्न नदिएको प्रष्ट पार्दै उनी आफ्नो क्षमता, दक्षता र सीप प्रयोग गरेर भारतमा बसेको समेत प्रष्ट पारे । केहि नेपाली चलचित्रको निर्माता एवं निर्देशक भएर काम गरिसकेका लोहनीले भूकम्पपछि भारतले गरेको नाकाबन्दीका बिरुद्धमा आफ्नो व्यक्तिगत पहलमा एक लाख हस्ताक्षर संकलन गरेर संयुक्त राष्ट्रसंघ समक्ष बुझाएका थिए ।

नेपालको नयाँ नक्सा स्वीकृत गरेसँगै कोइरालाले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई आवश्यक कदम उठाएकोमा धन्यवाद व्यक्त गरेकी थिइन्। ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ’ भन्दै ट्वीट गरेकी थिईन् । त्यसपछि भारतीय टिभी च्यानल एबीपी न्यूज लगायतले त उनको ट्वीटलाई भारतको नुन खाएर चीनको गीत गाउने ? भनेर टिकाटिप्पणी गरेका थिए ।

भारतले गरेको यस्तो टिप्पणीमा नेपालका कयौं कलाकारले कोइरालाको पक्षमा समर्थन मात्र लिएका छैनन् । सामाजिक सञ्जालमा आइ एम विथ मनिषा कोइराला भन्ने ट्रेण्ड नै चलाएका छन् ।

More News last news
Loading...