यो साता चम्किलो छ यी ६ राशिको भाग्य, कुन हो तपाईको राशि ?

मेष
रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । पैतृक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिन सक्छ ।

वृष
मुनाफा हात पर्ने व्यवसाय सुरु गर्न साझेदारीहरूबीच मत मिल्नेछ । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । प्रेमिकाले पर्यटकीय क्षेत्रमा भ्रमण गर्ने प्रस्ताव राख्ने छिन्, उनको अनुरोधलाई सहजै स्वीकार गर्दा विशेष फाइदा हुन सक्छ । सवारी साधन चलाउँदा विशेष संयमता अपनाउनुहोला ।

Advertisement

मिथुन
साता उत्साहप्रद तथा विभिन्न खाले मनोरञ्जनले बित्नेछ । धार्मिक भ्रमण गर्दा प्रेमिकाले नौलो धातु उपहार प्रदान गर्न सक्छिन् । योजनाबिना साथीसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजनको रसापान लिइनेछ । पुख्र्यौली धन खर्च गरी सवारी साधन खरिद गर्नै मत मिल्नेछ ।

कर्कट
मन मिल्ने साथीसँग यात्रा गर्दा नसोचेको फजुल खर्चले सताउनेछ । टाढा रहेका साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्नेछ । स्वदेशमै नौला स्थानको भ्रमण गर्दै मनोरञ्जन गरिनेछ। विपरित लिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ।

सिंह
यो साता पूर्वतर्फको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ, जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनु नै आफ्नो हितमा हुनेछ । मंगलबारपछिका दिनहरूमा पूण्य आर्जन गर्न आस्था बढ्नेछ ।

कन्या
मझौला व्यवसाय फस्टाउन नसक्दा थप लगानीले पिरोल्न सक्छ । मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय खर्चिनुपर्ला । केही समययता देखिएको प्रेमिकासँगको खल्लोपन प्रेममा परिणत हुनेछ । भित्रभित्रै चियोचर्चो गर्नेहरूसँग सावाधानी अपनाउनु बेस हुनेछ । साताको अन्त्यमा भने गतिलो प्रविधिक कम्पनीमा रोगारीको अवसर हात लाग्नेछ ।

तुला
मेहनत, कर्मठ, लगनशीलताले प्रतिष्ठा दिलाउनेछ । मित्रहरूले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नेछन्, धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्त हुनेछ । धार्मिक यात्रामा जाँदा विशिष्ट व्यक्तिसँग भलाकुसारी हुनेछ ।

वृश्चिक
सहपाठी मित्रहरूबीच कार्यगत एकता भै नयाँ कार्यको श्रीगणेश गरिनेछ । आकर्षक रोजगारी हात लाग्दा साथीभाइबीच चर्चित भइनेछ । ठूलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ । मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हँुदा विवेक पु¥याउनुपर्नेछ । घरायसी सजावटमा नवनिर्मित सामग्री खरिद गरी अरूको प्रशंशा बटुल्न सकिनेछ ।

धनु
आफ्ना कमजोरीबाट फाइदा उठाउनेहरू सल्वलाउन सक्छन्, उचित ध्यान दिनुहोला । साथीहरूले वचन फेर्दा चोट पुग्न सक्छ । मझौला तथा ठूला दुवै खाले लगानीमा आर्थिक हानिको सामना गर्नुपर्ला । यात्रा गर्दा असावधानीले दुर्घटना निम्त्ययाउन सक्छ । सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ ।

मकर
आध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । पहिलेका कमजोरीहरू सच्याउँदै बिग्रिएको सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ ।अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । व्यावसायले विदेशयात्राको अवसर जुटाउन सक्छ ।

कुम्भ
तपाईंको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनाम प्राप्त हुनेछ । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुनेछ । पहेंलो रंग प्रयोग गर्नाले शुभ संकेत प्राप्त भै पश्चिमतर्फको यात्रा लाभदायक देखिन्छ ।

मीन
मित्र तथा नातेदारको बोलावटमा संलग्न हुँदा अधिक मनोरञ्जन भै शारीरिक थकानको महसुस हुनेछ। लामो तथा छोटा दूरीको यात्रामा खराब आचरण भएकाबाट टाढा रहँदै सावधानीपूर्वक प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला। खेलकुद तथा प्रतिस्र्धामा भाग लिँदा परिणाम आफ्नो पोल्टामै पर्न सक्छ।

More News last news
Loading...