घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँः नेता पौडेल 

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।

कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधै सरकारको साथमा रहेको उल्लेख गरे।

Advertisement

ट्वीटमा उनले लेखका छन्, ‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसँग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं।’


केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्। साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन्।

यसअघि नेपाली कांग्रेसका अर्का नेता मिनेन्द्र रिजालले भारतीय मिडियालाई दिएको एक अन्तरवार्तामा संसद्मा आफू प्रतिपक्षको भूमिकामा रहेपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो दल सरकार र प्रधानमन्त्रीसँगै रहेको बताएका थिए। नेपालमा अहिले त्यस बक्तव्यपछि नेता रिजालको चौतर्फी चर्चा भइरहेको छ।

More News last news
Loading...