काठमाडौं । नेपाली भूमी भारले मिचेको सम्बन्धमा भारतीय सञ्चार माध्यम र पत्रकारलाई नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पत्रकारिताको सबक सिकाएका छन् ।
भारतीय मिडियाले नेपालले जारी गरेको नयाँ नक्साका बिषयमा गरेको एक अन्तवार्ताका क्रममा पूर्व मन्त्री समेत रहेका रिजालले पत्रकारलाई पत्रकारिताको सबक सिकाएका हुन् । नेपाल र भारतका विचमा उत्पन्न सिमा विवादका बारेमा डा रिजालले दिएको गहकिलो जवाफलाई कयौं नेपालीले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।
नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र भन्दै भारतीय प्रस्तोताको जवाफमा नेता रिजालले “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ” भनेका थिए ।
चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भारतीय पक्षको आरोपलाई पनि उनले ठाडै खण्डन गर्दै नेपालको आफ्नो विषयमा कसैको उक्साहटमा लाग्नु नपर्ने स्पष्ट पारे । भारतको रिपक्लीक टिभीका सेलिब्रेटी पत्रकार अर्णब गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा रिजालले सुल्झाएका थिए ।
उनको सुझाव पछि प्रस्तोताले लिम्पीयाधुरा, लिपुलेक, कालापानी भारतको भएको व्याख्या गर्दै प्रश्न सोधेकोमा आपत्ति जनाएका थिए । उनले दुई देशका नागरिकस्तरमा सम्वन्ध विगार्ने काम कसैले गर्न नहुने र देशहरुका आ आफ्ना समस्या तथा विवादलाई वार्ताबाट समाधान गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले प्रधानमन्त्री ओलीको भारतप्रतिको पुर्वाग्रही अभिव्यक्तिको रुपमा व्याख्या गरेका थिए । उनले चिनिया कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भन्नेर प्रधानमन्त्रीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले प्रतिवाद गर्दै आफुहरु सिमानाका बारेमा मात्रै अन्तर्वार्ता दिन तयार रहेको र कोरोनाका बारेमा बोल्न समय नदिएको जवाफ दिएका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
