विश्वका ४३ देशबाट एकैसाथ ‘Rescue नेपाली’ एप र ‘वेब’ सार्वजनिक

काठमाडौँ । संकटमा उद्धार मातृभूमिको कर्तव्य उद्घोष्का साथ नेपाली काँग्रेसको सूचना, संचार तथा प्रचार विभागले एक ‘एप’ निर्माण गरेको छ। नेपाल समेत ४३ देशबाट आज जेठ ७ गते अपरान्ह ३ बजे एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरिएको छ।

विश्वब्यापी रूपमा गरिएको तथ्यांक र विवरणको एक साताको संकलन पश्चात् उद्वार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकतालाई वर्गीकरण गरेर नेपाल सरकार समक्ष रचनात्मक सुझाव र उद्दारको दबाबका साथ प्रस्तुत गरिने नेपाली काँग्रेस स्रोतले जनाएको छ।

Advertisement

नेपालमा काँग्रेसका सभापति शेरबहादुर देउवाले ट्विटर मार्फत एप सार्वजनिक गरेका छन् । यस्तै नेपाली
जनसम्पर्क समिति गठन भएका ३५ देशमा समितिका सभापति एवं संयोजकहरुले सार्वजनिक गरेका छन् भने अन्य ७ देशमा सामाजिक भुमिकामा रहेका व्यक्तिहरुले सार्वजनिक गरेका छन् ।

उक्त एप, नेपालसहित इजरायल, वेल्जियम, संयुक्त अधिराज्य (युके) अमेरिका, हबकब, दक्षिण कोरिया,स्वीटजरलैण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलैण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिल्याण्ड, भारत, चीन, फिनल्याण्ड, आयरल्याण्ड, ओमान, फ्रान्स, साईप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालदिभ्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टामा सभापति एवं संयोजकले सार्वजनिक गरेका हुन् ।

उक्त नयाँ एपले अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्ने र नेपाल फर्कन चाहने नेपालीलाई नेपाल ल्याउन पहल गर्ने तथा त्यहीँ अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहज बनाउने काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जारी विज्ञप्तिमा भनिएको छ ।

More News last news
Loading...