सई र प्रहरी जवानमा कोरोना संक्रमण, कालिमाटी प्रहरी वृत्त सिलबन्दी

काठमाडौं । कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ ।

मङ्गलबार साँझ आएको पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको प्रहरी स्रोतले बताएको छ ।

Advertisement

संक्रमणको कुनै संकेत नदेखिएको भएपनि गत आइतबार वृत्तमा कार्यरत केही प्रहरीहरुको स्वाब टेष्ट गरिएको थियो । उक्त टेष्टको रिपोर्ट मङ्गलबार साँझ आएको र उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बताएको छ ।

कोरोनासंक्रमण देखिएका सई र प्रहरी जवानलाई मङ्गलबार साँझ नै सशस्त्र प्रहरीको अस्पतालमा पठाइएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ ।

More News last news
Loading...