लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदद्वारा पास

काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले नक्सा पारित गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

अनुसार अनुसार, भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो। १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी काली नदीलाई सीमा नदी मान्दै यो नक्सा तयार पारिएको छ।

Advertisement

संघीय संसदका संसदीय समितिहरूले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।

भारतले केही दिनअघि नेपाली भूमि लिम्पियाधुरामा सडक बनाएर उद्घाटन गरेसँगै नेपाल सरकामाथि यसअघि नक्सामा नपरेका लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्बजनिक गर्न चर्को दवाव परेको थियो।

More News last news
Loading...