नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट पहिलो ब्यक्तिको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बिज्ञप्ति जारी गर्दै उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि गरेको हो । ती महिलाको धुलीखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार मृत्यु भएको थियो ।

Advertisement

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते उनको नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो ।

धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको थियो । मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । जसमध्ये ३६ जना उपचारपछि घर फर्किसकेका छन् ।

यसैबीच, मृतकको घर र माइती गाउँलाई सिल गरिएको छ । मृतकको घर बाह्रबिसे नगरपालिका-९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले भन्यो-सिन्धुपाल्चोककी महिलाको मृत्युबारे जाँच हुँदै छ

धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु, कोरोनाको आशंका

More News last news
Loading...