काठमाडौं । काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । धुलिखेल अस्पतालका अनुसार सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको मृत्यु भएको हो ।
ती महिलाले ९ दिनअघि मात्रै शिशुलाई जन्म दिएको र एकाएक श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।
हाल सुत्केरीको शव अस्पतालमा नै राखिएको छ भने उनलाई कोरोनाको आशंका गर्दै स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएपनि रिपोर्ट सार्वजनिक गरिएको छैन ।
महिलाले काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ९ दिनअघि शिशुलाई जन्म दिएको बताइएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
