सरकारको नीति तथा कार्यक्रम ‘कुरा ठुला खुट्टा लुला’ जस्तै: नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारको नीति तथा कार्यक्रम ‘कुरा ठुला खुट्टा लुला’ जस्तो भएको प्रतिक्रिया दिएका छन्। उनले नीति तथा कार्यक्रम बिगत जस्तै कागजमा मात्र सीमित हुने जस्तो आएको बताएका हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै नेता पौडेलले भनेका छन, नीतिगत सुधार र प्रक्रियागत सुधारका लागि अझै मजबुत योजना ल्याउँन सक्नु पर्थ्यो । बिगतमा जस्तो “कुरा ठुला खुट्टा लुला” पारेर सपनाको व्यापार गर्ने प्रवृत्ति दोहोरियो।

Advertisement

उनले नीति तथा कार्यक्रममा थोरै बिषय समेटेर प्राथमिकता निर्धारण गर्नु पर्ने औल्याएका हुन्। उनले कोरोनापछि नेपाल पुरानै शैली र बिषयहरूले चल्न नसक्ने भन्दै सरकारले यसलाई असाधारण रुपमा लिएको उल्लेख गरेका हुन्।

आज सरकारले आगामी वर्ष २०७७/ ७८ को नीति तथा कार्यक्रम घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम घोषणासँगै प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले जनचाहना अनुरुप नीति तथा कार्यक्रम नआएको भन्दै विरोध जनाएका छन्।

More News last news
Loading...