काठमाडौँसहित नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज (शुक्रबार) साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

मन्त्रालयका अनुसार काठमाडौँ सतुंगलका ७ वर्षीय बालक, वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यसै गरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन्।

यस्तै उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ।

More News last news
Loading...