उपत्यकामा लकडाउन झनै कडा, अब गल्लीमा निस्किए पनि पक्राउ 

काठमाडौं । कोरोना रोग नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लकडाउन थप कडाइ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा गल्लीमा विभिन्न बहानामा निस्कनेलाई समेत पक्राउ गर्ने जनाएको छ । यसअघि मुख्य सडकमा मात्र कडा रहेको लकडाउनलाई अब भित्री गल्लीहरुमा समेत कडाई गर्ने निर्णय प्रशासनले लिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेका सबै पासलाई रद्द गरेको छ । यद्यपी, एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूल लगायतका सामग्री बोकिएका गाडीलाई भने पास चाहिने छैन ।

प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

More News last news
Loading...