काठमाडौँ । कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको सङ्ख्या ३६ पुगेको हो ।
२७ दिनअघि कोरोना भाइरस देखा परेपछि कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष आज निको भएर घर गएका हुन् । त्यस्तै, आजदेखि कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको जानकारी गराएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
