नेपाली भूमी मिचिएको प्रति कलाकार दुखी, रायमाझी र परियारले गाए यस्तो गीत ! (भिडियो)

काठमाडौं । छिमेकी राष्ट्र भारतले नेपाली भूमी मिचेको प्रति सन्देशमुलक गीत सार्बजनिक भएको छ ।

चर्चित सर्जक रमेश बि.जी.को रचनामा बरिष्ठ गायक नारायण रायमाझी र शान्ती श्री परियारको स्वरमा ‘आमा तिम्रो छातीको पाटो छिमेकीले बनायो मुल बाटो’ बोलको गीत सार्बजनिक भएको हो । छिमेकीले नेपाली भूमीमा बाटो बनाएपछि मौन रहेको सरकारलाई घचघच्याउन गीतले महत्वपूर्ण भूमिका खेल्नेछ ।

Advertisement

गीतले आफ्नो भूमी मिचेको प्रति दुख ब्यक्त गर्दै गोरखालीहरुको छाती पनि कमजोर बनेको र आफ्नो माटो जोगाउन सबै एकजुट हुनुपर्ने सन्देश दिएको छ । विगतमा नेपालकै रहेका कालापानी, लिपुलेक, सुस्ता लगायतका धेरै भूमी छिमेकी राष्ट्र भारतले कब्जामा लिएर उठिबास लगाएको गीतमा उल्लेख गरिएको छ ।

आफ्नो माटो जोगाउनका लागि बलभद्र र अमरसिंह पुन: जन्मनुपर्ने गीतको सन्देश छ । गीतको संगित संयोजन

बि बि अनुरागीले गरेका हुन् भने गीतलाई रिमा इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

More News last news
Loading...