काठमाडौँ । नेपालमा थप ९ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्राललय जनाएको छ।
मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
