नेपालमा थप २४ जनामा कारोना संक्रमण, संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी थप २४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितहरुको संख्या २ सय ४३ पुगेको हो ।

Advertisement

मन्त्रालयकाअनुसार रुपन्देहीमा ९ पुरुष र ३ जना महिला, कपिलवस्तुमा ८ पुरुष, पर्सामा २ पुरुष, १ महिला र नवलपरासीमा १ एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

 

 

More News last news
Loading...