काठमाडौं । बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कपिलवस्तु र बाँकेका रहेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु–५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको संख्या २१९ पुगेको छ। मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
