थप एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो 

काठमाडौं । बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै अब कोरोना संक्रमितको संख्या दुई सय १८ पुगेको छ । नयाँ थपिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

More News last news
Loading...