काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ ।
स्थायी समिति सदस्य भीम रावलका सुरक्षा गार्डलाई कोरोना लागेको पुष्टि भएपछि बैठक स्थगित गरिएको नेकपा स्रातले जनाएको छ।
मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।
नेकपाको अर्को बैठकको मिति निश्चित नभएपनि स्थायी कमिटीका सबै सदस्यको कोरोना परीक्षण गरेर बस्ने पक्का भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
