अन्तरजिल्ला पास खारेज गर्ने गृहको निर्णय, अब पास लिनका लागि नयाँ प्रक्रिया

काठमाडौं । गृह मन्त्रालयले बिहीबारबाट लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी गरेको एक जिल्लाबाट अर्को जिल्ला जाने (अन्तर जिल्ला) पास रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमितको सङ्ख्यामा एकाएक वृद्धि हुन थालेपछि यसअघि जारी भएका अन्तरजिल्ला पास खारेज गरेको हो । मन्त्रालयका अनुसार बिहीबारबाट लागु हुनेगरी अहिलेसम्म जारी भएका एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द हुनेछन् ।

Advertisement

एक जिल्लाबाट अर्को जिल्लामा जानैपर्ने अवस्था भएका व्यक्तिको हकमा पास जारी गर्ने जिल्लाले पुग्ने जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र पास जारी गर्ने, काठमाडौं उपत्यकाबाहिरका जिल्लाले काठमाडौं उपत्यका प्रवेश गर्नका लागि पास जारी गर्नुपर्ने अत्यावश्यक भए गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गर्ने लगायतका प्रक्रिया पुरा गर्नुपर्नेछ ।

अब जिल्लाभित्रका सरकारी कर्मचारीले पनि अनिवार्य पास लिनुपर्नेछ । पत्रकारलाई पनि सूचना विभागको पास अनिवार्य गरिएको छ ।

More News last news
Loading...