काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुगेका छन् ।
वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मिएका जोशी मंगलबार १ सय १ वर्षमा प्रवेश गरेका हुन् । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिएका छन् ।
जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन् । लकडाउनका कारण जन्मदिन मनाउन कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएपनि जोशीको परिवारले घरमै पूजा गरी जन्मदिन मनाएका हुन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
