नेकपाले बोलायो स्थायी समिति बैठक बोलायो

काठमाडौं । नेकपाले स्थायी समिति बैठक बोलाएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको छलफलपछि बुधबार बिहान ११ बजेका लागि स्थायी समितिको बैठक बोलाइएको हो ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाउन आनाकानी गर्दै आएको भएपनि पार्टीभित्र चर्को दवाव बढेपछि ओली बैठक बोलाउन सहमत भएको बताइएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि पार्टीभित्र स्थायी समिति बैठकको माग भएको थियो । बैठकको माग गर्दै २० स्थायी समिति सदस्यले अधयक्ष द्वयलाई पत्र नै बुझाएका थिए ।

त्यसपछि वैशाख २५ गतेका लागि स्थायी समिति बैठक बोलाइएको भएपनि बैठक स्थगित भएको थियो । त्यसपछि पनि ओलीलाई बैठक बोलाउन थप बढ्दै गएपछि अन्ततः बुधबारका लागि बैठक बोलाइएको हो ।

More News last news
Loading...