काठमाडौं । भारतीय हट मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन्। भारतको मुम्बई प्रहरीले लकडाउन उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरेको हो।
प्रहरीले पुनमका साथमा उनका साथी सेम अहमदलाई पनि पक्राउ गरेको जनाएको छ । आइतबार आफ्ना साथीहरुसँग बिएमडब्ल्यू कारमा घुमिरहेकी पुनममाथि सरकारी आदेशको उल्लंघन गरेको आरोप लागेको हो ।
मुम्बई पुलिसका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँचतारे होटल बाहिर पक्राउ गरिएको हो। पुलिसले उनको कार पनि जफत गरेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
