सप्तरीमा पनि भेटिए एक जना कोरोना संक्रमित

काठमाडौं । सप्तरी जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

मन्त्रालयका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो ।

More News last news
Loading...