प्रदेश सांसद थापालाई अभियुक्तसरह पक्राउ गरी कारबाही गर्न माग

काठमाडौं । नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्माले दलित समुदायलाई धम्क्याउनु निन्दनीय भएको भन्दै आपत्ती जनाएका छन् ।

कास्कीको पोखरा महानगरपालिका १६ बाटुलेचौरको सार्वजनिक किरियापुत्री भवनमा दलित समुदायलाई प्रवेश नदिई छुवाछूत गरेको आरोपमा पक्राउ परेकालाई छुटाउन गण्डकी प्रदेश सांसद कृष्णबहादुर थापाले विज्ञप्ति जारी गरेर दबाब दिएको प्रति अध्यक्ष विश्वकर्माले आपत्ती प्रकट गरेका हुन् ।

Advertisement

प्रतिनिधि सभा सदस्य समेत रहेका संघका अध्यक्ष विश्वकर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘‘घटनाबाट आफू अन्यायमा परेको भनि पीडित परिवारले जातीय विभेदविरुद्धका कारबाहीका लागि गरेको उजुरीका आधारमा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया थाल्दा स्थानीय गैह्रदलित समुदायले सोही स्थानका पीडित परिवारका सदस्य मोहन सुनारलगायतलाई विभिन्न किसिमबाट धम्काउने तर्साउने गर्नु अति निन्दनीय कार्य हो।’’

उनले प्रदेश सांसद थापालाई पनि अभियुक्तसरह पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग समेत गरेका छन् ।

More News last news
Loading...