काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टिभएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणबाट १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार,कोरोना पोजेटि देखिनेहरुमा कपिलवस्तुको यशोधरा गउँपालिका–५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१ र ३४ वर्षीय पूरुषहरु र एक उमेर नखुलेका पुरुष रहेका छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सको निगरानीमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
