पोखरा । नेपाली कांग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डे र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गण्डकी प्रदेशको संयुक्त प्रयासमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सहयोग पुगोस् भनेर राहत सामग्री हस्तान्तरण गरिएको छ।
कोषाध्यक्ष पाण्डेले कोरोना भाइरसको त्रास बढ्दै गएकाले स्वास्थ्यकर्मीलाई उपचारमा सहयोग होस् भनेर आवश्यक सामग्री उपलव्ध गराइएको बताइन्।
सिडेनका अध्यक्ष इन्जिनियर सुरेन्द्र पाण्डे, सिडेनका वरिष्ठ सल्लाहकार रमेश वास्तोला, सचिव सन्तोष जिसी, कोषाध्यक्ष अबिट केसीगायतको उपस्थितिमा अस्पतालका डाइरेक्टर अर्जुन आचार्यलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
कोषाध्यक्ष पाण्डेले १५ थान पीपीई सेट, मास्क ५ सय थान हस्तान्तरण गरिएको जनाइन्। कोरोना भाइरसको त्रासले स्वास्थ्यकर्मीहरु झन् बढी समस्यामा परेको हुँदा सबैभन्दा पहिले स्वास्थ्यकर्मी नै सुरक्षित रहनुपर्छ भनेर सामग्री उपलव्ध गराइएको पाण्डेले बताइन्।
उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने पनि जनाएकी छिन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
