काठमाडौं । नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद रमेशजंग रायमाझीले गरिब तथा दुखीहरुले प्रधानमन्त्रीको कविता खाएर नअगाउने बताएका छन् ।
राष्ट्रिय सभाको आजको वैठकमा बोल्दै रायमाझीले प्रधानमन्त्रीले लेखेको कविताप्रति व्यङग्य गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘यो कोरोनाको महामारीमा प्रधानमन्त्रीज्यूलाई कविता फुरेछ । कविता लेख्दै गर्दा स्वास्थ्यकर्मीले पीपीइ पाइरहेका छैनन् । रोल्पामा बालकहरु बमले उड्दै गर्दा उहाँको कविताले देख्दैन् । देश महामारीमा छ, भोकमरी लाग्ने अवस्थामा प्रधानमन्त्रीको कविता खाने हो ? प्रधानमन्त्रीको कविताले श्रमिकहरु खाली खुट्टा घर जाँदा देख्दैन् । ’
उनले प्रधानमन्त्रीले ८० करोडको राहत वाडेको भनेर गफ छाटेपनि जनताले नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराए । यस्तै उनले स्वास्थ्य क्षेत्रमा १० प्रतिशतभन्दा बढी बजेट विनियोजन गर्न अर्थमन्त्रीलाई सुझाव समेत दिए ।
सांसद विकास कोषका नाममा छुट्याइएको बजेट ७ वटै प्रदेशमा एउटा सरकारीस्तरको मेडिकल कलेज खोल्न विनियोजन गर्न पनि उनको माग थियो । यसका साथै रायमाझीले कुबेतबाट स्वदेश फर्काउन लागेका नेपालीहरुका बारेमा चासो नदेखाएको प्रति समेत सरकारको ध्यानाकर्षण गराए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
